Wednesday, June 18, 2025

आमाछोरी मृत फेला, श्रीमान सहित परिवारका सदस्य फरार

पछिल्लाे समाचार


राैतहट १६ असार। माैलापुर नगरपालिका वडा नम्बर ४ पताैराकी २४ वर्षिया महिला र उनकी छोरी २ वर्षकी बालिका मृत फेला परेकी छीन ।
२४ वर्षिया माला भन्ने कविता देवी साह र उनकी २ वर्षिया छोरी आरुही कुमारी मृत फेला परेकी हुन ।
वालिका आरुही कुमारी पंखामा झुन्डयाईएको अवस्थामा र कविता कुमारीको शव घर बाहिर रहेको भर्याङ मुनि फेला परेको प्रहरी उपरीक्षक वीर बहादुर बुढामगरले बताए ।
घटना शनिवार बिहान करिव तीन बजे आसपास भएपनि हत्या हो वा आत्महत्या एकिन गर्न गाह्रो रहेको बताउदै प्रहरी उपरीक्षक बुढामगरले अनुसन्धान भई रहेको बताए।
मृतक महिला एक एनजिओ मा सुपरभाइजर पदमा काम गर्दै आएको बताइएको छ ।
मृतक कविता साहका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह सहित परिवारका सदस्य घटना पछि फरार भएका छन ।
माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका मृतक कविता साहका बुवा विजय शंकर साहका अनुसार घटना वारे आफुलाई स्थानिय लखिन्द्र साहले फोन गरेको जानकारी दिएको बताए ।
छाेरी र ज्वाइँ बिच पटक पटक बिवाद हुदा आफुले मिलेर बस्न सम्झाई बुझाई गर्दै आएको बिजय ले बताए ।
ज्वाइँ धिरेन्द्र साह र सम्धी सहितका व्यक्ति मिली हत्या गरेको मृतक कविता साहकाे बुबा बिजयले आरोप लगाएका छन।
दाइजोमा थप नगद , सिक्री ,औंठी नदिएको रिसमा घटना गराएको माइती पक्षको आरोप छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु