Wednesday, June 18, 2025

किसानलाई कृषि सामाग्री वितरण

पछिल्लाे समाचार

रौतहट ६ साउन । देवाहीगोनाहीनगरपालिकाले किसानहरूलाई कृषि सामग्री, पानी तान्ने मोटर ,स्प्रे टंकी जिन्क मल वितरण गरेको छ।
नगरभित्र रहेका व्यावसायिक किसानलाई आधुनिक कृषि सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
शनिबार प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत तरकारीको साना ब्यवसायिक कृषि उत्पादन केन्द्र पकेट बिकास कार्यक्रम अन्तर्गत देवाहिगोनाही नगरपालिकाको सहयोग तथा राम सखी कृषक समूह देवाही गोनाही नगरपालिका -७ उचिडिह को आयोजनामा ५० थान पानी तान्ने मोटर, सय थान स्प्रे ट्यान्की, पाँच क्युन्ट्ल जिन्क मल्ल खाद्य वितरण गरेको हो।
सामाग्री बितरण गर्दै नगर प्रमुख प्रेमलाल साहले आधुनिक प्रविधिको प्रयोगले किसानहरूलाई खेतीपाती गर्न सहज हुने र उत्पादन पनि बढ्ने भएकाले सामग्री वितरण गरिएको बताए।
कार्यक्रममा उपप्रमुख परनिया देवी पटेलले कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताइन्। उनले नगरले वितरण गरेको उक्त सामग्री प्रयोगबाट कृषि उत्पादन बढ्ने अपेक्षा समेत गरिन्।
कृषकको को हितलाई ध्यानमा राखेर उक्त सामग्री वितरण गरिएको आयोजक संस्था का अध्यक्ष रामएकवाल सिह पटेल ले बताए।
किसानहरूलाई पानी तान्ने मोटर ले फाइदा पुग्ने भएकाले
सामाग्री बितरण गरिएको आयोजक संस्थाका संस्थापक अध्यक्ष रुपेश पटेलले बताए ।
कार्यक्रममा देवाही गोनाही नगरपालिका वडा न.३का वडा अध्यक्ष सन्जय पटेल ,वडा न. ६ का वडा अध्यक्ष बिष्णु दास, वडा न.७ का वडा अध्यक्ष उपेन्द्र यादव वडा न.८ का वडा अध्यक्ष बिजय पटेल ,नगरका स्वास्थ्य संयोजक नागेन्द्र महतो,कृषि तथा पशु संयोजक रामबिनय बैठा, समाजसेवि भरत पटेल , स्थानीय बुद्धिजीवी , किसानको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु