Friday, May 24, 2024

गांजा सहित दुइजना पक्राउ

पछिल्लाे समाचार


सर्लाही १५ साउन । प्रहरीले सर्लाहिको बागमती नगरपालिकाको वागमतीमा १० किलोग्राम गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
वागमती स्थित इलाका प्रहरी कार्यालयले नियमित चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्व तर्फ गईरहेका प्रदेश–३–०१–०२२ च ६५१५ नम्वरको कारको डिक्कीमा रहेका दुई वटा शंकाष्पद समान नियन्त्रणमा लिएर जाँच गर्दा १० किलोग्राम गाँजा बरामद भएको हो ।
कार चालक रौतहट गरुडा नगरपालिका वडा नम्वर ८ का ४० बर्षिय रामानन्द साह र कारमा सवार चन्द्रपुर वडा नम्वर ५ का २६ बर्षिय मनिष चौधरीलाई कार, गाँजा सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखेर लागु औषध ओसारपसार ऐन अन्तर्गत मुद्दामा मलंगवा अदालतबाट म्याद थप गराएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु