Friday, June 21, 2024

गुजरामा एनआईसीको एटिएम सेवा सुचारु

पछिल्लाे समाचार

रौतहट ४,साउन । रौतहटको गुजरामा एनआईसी एशिया बैकंले एटिएम सेवा शुरु गरेको छ । गुजरा नगरपालिकाको सिमराभवानिपुर अवस्थित शाखाले आफ्ना ग्राहकहरुलाई ध्यानमा राख्दै बैंकले एटिएम सेवा सुरु गरेको हो । बिहिवार देखी एटिएमको सेवा सुचारु भए संगै यस क्षेत्रका ग्राहकहरुलाई चन्द्रपुर तथा गरुडा जाने बाध्यता हटेको छ ।
ग्रामीण भेगमा एटीएम सेवा सुचारु भए लगतै स्थानियमा खुसी छाएको छ ।
यता जनताको बैंकिङ आवश्यक्ता पूरा गर्नु नै आफुहरुको मुख्य उदेश्य रहेको शाखाका सर्भिस म्यानेजर राज कुमार तिमल्सिनाले बताए । उनले यस शाखाले गरिवभन्दा गरिव किसानको जिवनस्तर उकास्नमा पनि त्यतिकै मद्दत पु¥याएको बताए । बैंकले व्यवसायीक कृषि कर्जामा विशेष जोड दिदै आएको तथा आगामी दिनमा बिभिन्न सेवाहरु प्रदान गर्ने उनले बताए । बैंक मार्फत आधुनिक प्रविधि सहित छिटो छरितो तथा बिश्वासनीय सेवा प्रदान गराउने तिमल्सिनाको भनाई छ । एनआईसी बैंकले देशभर ३५९ शाखा,१०३ एक्स्टेशन काउन्टर र ४७३ एटिएम सेवा बिस्तार गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु