चन्द्रपुर ४ साउन । चन्द्रपुर नगरपालिका वडा नम्बर १ जरुवामा बिजुली बलेको छ
मधेश प्रदेश सभा सदस्य युवराज भट्टराई (समिर) र नेपाल बिद्युत प्राधिकरण केन्द्र चन्द्रनिगाहपुरका प्रमुख ईन्जिनीयर धिरेन्द्र कुमार यादवको बिशेष पहलमा जरुवाबासीको २० औं बर्ष अघि देखीको बिजुली बाल्ने सपना पूरा भएको हो । करिव ६५ घरधुरी रहेको सो गाउमा बिजुली बल्नेगरी प्राधिकरणले निशुल्क मिटर तथा ट्रान्सफर्मर जडान गरेको नेपाल बिद्युत प्राधिकरण केन्द्र चन्द्रनिगाहपुरका प्रमुख ईन्जिनीयर यादवले जानकारी दिएका छन् ।
बिधुत प्राधिकरणले बिजुली नपुगेको स्थानमा बिजुली पुर्याउने अभियान अन्तर्गत जिल्लाको अत्यन्त दुर्गम स्थान जरुवामा बिजुली पुर्याएको हो ।
कार्यक्रममा नेपाल बिद्युत प्राधिकरण मधेस प्रदेशका प्रमुख मुनिन्द्र ठाकुर, चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउत, वडा नम्बर २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ , नेकपा माओवादी केन्द्र वडा नम्बर १ का अध्यक्ष तथा चन्द्रपुर नगर कमिटी सदस्य गौतम खड्का लगायत नेपाल बिद्युत प्रधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका कर्मचारीहरु तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।