Wednesday, May 22, 2024

टेक्टर पल्टीदा एकजनाको मृत्यू

पछिल्लाे समाचार


रौतहट १० साउन । बौधीमाइ नगरपालिका – ३ मटिअर्वा बाँध नजिकै मंगलबार राति ट्र्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
इनर्वाबाट मटिअर्वातर्फ जाँदै गरको प्र २-0३-00१ त ४३९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा १७ वर्षीय उदय पटेलको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
ट्र्याक्टर अनियन्त्रित भई सडकबाट ३५/३६ फिट तल खस्दा चालक पटेल सख्त घाइते भएपछि उपचारका लागि गौरतर्फ पठाइएको थियो ।
घाइते अवस्थामा रहेका पटेलको प्रदेशिक अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे ट्राफिक प्रहरी निरीक्षक बिमला कठायतले जानकारी दिइन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु