Saturday, January 25, 2025

दोषी लाई कार्वाहीको माग गर्दै आजपा द्वारा गौरमा प्रदर्शन,१५ गते देखि रौतहट बन्द

पछिल्लाे समाचार

रौतहट, १ साउन । गौर हत्याकाण्डका दोषि लाई कार्वाहिको माग गर्दै सोमवार गौरमा प्रर्दशन भएको छ ।
गौर हत्याकाण्डको मुख्य आरोपी उपेन्द्र यादवलाई नियन्त्रणमा लेऊ, दोषीहरुलाई कारवाही गर, दोषिलाई उन्मुक्ति दिन पाउदैनन् जस्ता नारा लगाउदै आम जनता पार्टीले रौतहट सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् ।
आम जनता पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको नेतृत्वमा निस्किएको जुलुसले गौर हत्याकाण्डको मुख्य दोषि उपेन्द्र यादवलाई कारवाही गर, निहत्था माथि आक्रमण गर्ने हत्याकाण्डमा संलग्न दोषिहरु माथि कारवाही गर, सहिद परिवारलाई राहत देउ, गौर हत्याकाण्डका दोषिलाई उन्मुक्ति दिन पाउदैनन् जस्ता नाराहरु लगाउर्दै प्रदर्शन गरेका हुन ।
गौर नगर परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय अगाडी नाराबाजी गरेका थिए ।
गौर हत्याकाण्डका मुख्य दोषि सहित अन्य दोषिहरुलाई कारवाहीको माग गर्दै गौर हत्याकाण्ड पीडित संघर्ष समितिका संयोजक एवं सहिद परिवार कि अगुवा रुपसागर देवीले प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा प्रशासकीय अधिकृत निरज श्रीवास्तवलाई ज्ञापन पत्र बुझाएकी छिन् ।
२०६३ चैत ७ गते गौर स्थित राइस मिल्सको चौरमा तत्कालिन नेकपा माओवादी र उपेन्द्र यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरु विच झड्प हुँदा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए ।
दुबै पार्टीकाे कार्यक्रम एकै दिन , एकै समय राइस मिल्सको चौरमा गर्दा झडप भएको थियो ।
फोरमका कार्यकर्ताहरुले बांसको फट्टा, ढुंगाइटा, धारिलो हतियार तथा गोली प्रहार गर्दा २७ जनाको ज्यान गएको थियो भने ५० जनाभन्दा बढी घाइते भएका थिए ।
न्याय का लागी सर्बोच्च अदालतमा प्रक्रियालाई अगाडी बढाउन परमादेशको माग सहितको निवेदन दर्ता केही दिन अघि भएको छ ।
दोषि लाई कारवाही गर्न प्रकृया अघि नबढे साउन २ देखि १२ सम्म पालिकाहरुमा गौर हत्याकाण्डको जानकारी एवं अन्तरक्रिया कार्यक्रम गर्ने, साउन १३ गते मृतकका परिवार एवं पीडितहरुद्धारा धर्ना दिइने, साउन १४ गते मोटरसाइकल रयाली निकाल्ने, साउन १५ गते देखि अनिश्चितकालिन रौतहट बन्द गर्ने चेतावनी आम जनता पार्टीले दिएकाे छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु