Sunday, January 26, 2025

निर्माण ब्यवसायीले लगाएको ताला खुल्यो

पछिल्लाे समाचार


रौतहट ४ साउन । भुक्तानी माग्दै रौतहटका निर्माण व्यवसायीहरुले तीन दिनअघि देखी चन्द्रपुर–४ स्थित सडक डिभिजन कार्यालयमा लगाएको ताला बुधबार खोलिएको छ ।
जिल्लाभित्रका विभिन्न पुल, सडकलगायतका निर्माण गरेबापतको भुक्तानी नपाएपछि व्यवसायीहरुले असार ३१ गते देखि सडक डिभिजन कार्यालयमा ताला लगाएका थिए ।
निर्माण
निर्माण व्यवसायी संघ रौतहटका अध्यक्ष कृष्णदेव यादवले एक महिनाभित्र सडक डिभिजनले व्यवसायीहरुको रकम भुक्तानी दिने प्रतिबद्धतापछि ताला खोलेको बताएका छन ।
निर्माण व्यवसायी संघका प्रतिनिधिहरुले भुक्तानीको लागि दबाब दिन कार्यालयको बाहिर मुख्य प्रवेशद्वारमा टायर बालेर, ब्यानर टागेर विरोध जनाएका थिए ।
डिभिजन सडकले रौतहट र सर्लाहीमा संघीय सरकार भौतिक पूर्वाधार मन्त्रालयका विकास निर्माणका कार्यक्रमहरु संचालन गरे वापतको दुई दर्जन निर्माण व्यवसायीको २६ करोडभन्दा बढी रकम भुक्तानी नगरेकाले बाध्य भएर सडक डिभिजनमा ताला लगाएको अध्यक्ष यादवले बताए ।
धुक्चु कन्स्ट्रक्सनको १० करोड, सगुनको ७ करोड, राजदेवी भक्तको ३ करोड र साह निर्माण सेवाको ३ करोड भुक्तानी लिन बाँकी रहेको बताइएको छ । यस्तै अन्य दुई दर्जन बढी व्यवसायीहरुले भुक्तानी नपाएको अध्यक्ष यादवले बताए ।
डिभिजन प्रमुख दरोगा प्रसाद साहले माथिबाट बजेट निकासा नदिएकोले समस्या भएको बताएका छन । बजेट निकासाका लागि पहल गरीरकोहेको उनले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु