Monday, June 24, 2024

नेपाल भारत सिमामा परिचय पत्र अनिवार्य

पछिल्लाे समाचार


रौतहट, ११ साउन । नेपाल भारत सिमाक्षेत्र भएर नेपाली वा भारतीय नागरिकहरु ओहरदोहर गर्न अनिवार्य रुपमा परिचय पत्र बोक्नु पर्ने भएको छ ।
नेपाल भारत सीमामा खटिएका भारतीय सुरक्षाकर्मी (एसएसबी) ले नेपाली र भारतीय नागरिकहरु ओहरदोहर गर्नेलाई अनिवार्य रुपमा आफनो परिचय खुल्ने कागजात हेरर आवतजावत गर्न दिन थालेका छन ।
पाकिस्तानी महिला सिमा हैदर महोत्तरी जिल्लाको भिठामोड नाका हुदै भारत प्रवेश गरेको विहार हुँदै उतरप्रदेशको नोयडा पुगे पछि सिमामा खटिएका भारतीय सशस्त्र सिमा सुरक्षा बल (एसएसबी) ले नाकामा कडाइ गर्दै नागरिकहरुको परिचय पत्र हेरेर मात्रै ओहरदोहर गर्न दिइरहेका छन् ।
मधेश प्रदेश सहित नेपालको सीमा जोडिएका सबै नाकाहरुमा भारतीय एसएसबीले सिमाक्षेत्रमा आवतजावत गर्ने नेपालीसँग नागरिकता र भारतीयसँग आधारकार्ड खोज्न थालेका छन ।
भारतीय नागरिक सचिन मिणासँगै नेपाल हुदै पाकिस्तानी नागरिक सिमा हैदर चार बच्चा सहित भारतमा प्रवेश गरेपछि भिठामोड नाकामा खटिएका सबै सुरक्षाकर्मीलाई कारवाही गरिने भएकोले मधेश प्रदेश सहित भारत नेपालका सिमावर्तीक्षेत्रमा तैनाथ एसएसबीले आवागमनका बेला यात्रुहरुले अनिवार्य परिचयपत्र देखाउनु पर्ने नियम लागु गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु