रौतहट १६ असार।, रिटर्नी फेडेरेशन नेपाल(आरएफएन)मधेश प्रदेशले शनिवार “प्रशिक्षण तथा उधमशिलता बहस” कार्यक्रम सम्पन्न गरेको छ ।
जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा चन्द्रपुर नगरपालिका स्थित होटल ए.एन.प्लाजामा रिटर्नी फेडेरेशनका केन्द्रीय अध्यक्ष उत्तम अधिकारी , नेकपा एमालेका केन्द्रीय सदस्य तथा जन संयन्त्र प्रमुख सरोज यादव, केन्द्रीय सदस्य उद्धव रेग्मी लगायतका पार्टी र फेडेरेशनको केन्द्रीय पदाधिकारीको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको पहिलो शत्रमा आरएफनका उपाध्यक्ष विनोद भट्टराईले संगठात्मक प्रशिक्षण दिएका छन भने उपाध्यक्ष शालिक बसेल, रामकृष्ण घिमिरे, कोषाध्यक्ष जितेन्द्र बानियाले उधमशितालको बारेमा आफ्नौ धारणा राखेक थिए ।
सो कार्यक्रममा आर एफएनका सचिव तथा मदेश प्रदेश ईन्चार्ज खेम कार्कीले कार्यक्रममा सहभागि मधेश प्रदेशका जिल्लाहबाट आएका प्रतिनिधिहरु संग परिचात्मक सहित छोटो अनुभवहरु प्रस्तुत गरेका थिए ।
अर्का सचिव सरिता चौधरीले मधेश प्रदेशाम संगठनको भूमिका बारेमा प्रष्ट गरेका थिए ।
सो बहस कार्यक्रममा मधेश प्रदेस सह सचिव आरती भण्डारी , मधेश प्रदेश सासद केशव चौधरी , प्रदेस सदस्यहरु खडक बहादुर बम्जन, प्रेम शंकर यादव, स्कुल विभागका बाबुराम दहाल, क्षेत्रीय कमिटी ४ का संयोजक सुरेन्द्र आचार्य , क्षेत्रीय कमिटी सचिव नागेन्द्र यादव , चन्द्रपुर नगर कमिटी अध्यक्ष शिव आचार्य लगायतका पार्टी कमिटीको सहभागिता भएको थियो ।
सो कार्यक्रममा फेडेरेशनको तर्फबाट स्थायी कमिटी सदस्य मो. एकबाल, केन्द्रीय सदस्य प्रतिमा वि.क. लगायत मधेश प्रदेशका विभिन्न जिल्ला तथा नगर कमिटीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । रिटर्नी फेडेरेशनका अध्यक्ष दिपक कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत मन्तब्य उपाध्यक्ष खिल कार्की र संचालन सचिव विनोद कार्कीले गरेका थिए ।