Monday, June 24, 2024

बरहवा ताल किनारमा नेपाली सेना द्वारा वृक्षारोपण

पछिल्लाे समाचार


राैतहट ५ साउन । नेपाली सेना विरदल गण राैतहटले पर्यावरण जोगाउन गाैर स्थित बरहवा तालको किनारमा वृक्षारोपण गरीएकाे छ ।
सो वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पर्यावरण जोगाउन सके मात्र मानवले स्वस्थ्य जिवनको कल्पना गर्न सक्ने बताए ।
विरदल गणको नेतृत्वमा डिभिजन वन चन्द्रनिगाहपुर ,अक्सफाम नेपाल र ग्रामिण विकास केन्द्र राैतहटको सहकार्यमा विभिन्न जातका ५ सय वटा बिरुवा रोपिएको छ ।


वृक्षारोपणले पर्यावरण जगेर्ना गर्नुको साथै वरहवा तालको साैन्दर्यकरण मा थप मद्दत पुग्ने बिरदल गणका गणपति गंगा बहादुर विष्टले बताए ।
सो अवसरमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर तिमल्सिना सहितका सुरक्षा अधिकारीकाे सहभागीता रहेकाे थियाे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु