Sunday, January 26, 2025

भाला प्रहार बाट घाइते

पछिल्लाे समाचार


रौतहट १४ गते। एक युवकमाथि घरेलु हतियार भाला प्रहार भएको छ।
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं. ८ का २६ वर्षीय शम्भु राम भाला प्रहारबाट घाइते भएका हुन् ।
शनिबार साँझ ७ बजेतिर पुरानो रिसइवीको कारण स्थानीय १८ वर्षीय सदरे आलमले राममाथि भाला प्रहार गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी उमाशंकर यादवले जानकारी दिए ।
दायाँ कोखामा भाला लागेर राम घाइते भएका छन । थप उपचारको लागि वीरगञ्ज स्थित हेल्थ केयर हस्पिटलमा लगिएको छ ।
भाला प्रहार गर्ने आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डीएसपी उमाशंकर यादवले बताए । घटना को थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु