Monday, December 9, 2024

रौतहटमा एकै दिन ११ जना लाई सर्पले टोक्यो

पछिल्लाे समाचार


रौतहट ६ साउन । गर्मी बढैसंग रौतहटमा सर्पदंशका बिरामी बढेका छन ।
रौतहट जिल्लामा सर्पको टोकाईबाट शनिबार मात्रै ११ जना बिरामी परेका छन ।
गोमन,करेत,धामन प्रजातीका बिषालु सर्पको बिगबिगी रहेको स्थानियबासी ले बताएका छन ।
गरुडा नगरपालिका वार्ड न.१ का ७ वर्षिय शेख अफरानलाई बिहान गोमन सर्पले टोकेपछि गौर प्रादेशिक अस्पतालमा भर्ना भएका छन । पछिल्लो समय रौतहटमा दिनहु सर्पदंशका बिरामी गौर अस्पतालमा उपचार गराउन आउने गरेका छन ।
तराई मधेशका २६ जिल्लालाई सर्पको उच्च जोखिम जिल्लाका रूपमा लिइन्छ ।
यी जिल्लामा विशेषगरी विष भएका करेट र गोमन (कोब्रा) सर्प पाइन्छन् ।
सर्प विशेष गरी वैशाखदेखि असोजसम्म बाहिर निस्कने गरेको पाइन्छ ।
सर्पले टोकेमा के गर्ने :
सर्पले टोक्ने बित्तिकै शरीरको अन्य भागमा सर्न नदिन टोकेको ठाउँभन्दा अलिकति माथि बाँध्नुपर्छ । हिँडडुल गर्दा विष शरीरका अन्य भागमा छिटो सर्ने भएकाले हिँडडुल गर्ने, दौडने गर्नुहुँदैन ।
– छिटो सर्पदंश अस्पताल पुग्ने नाममा आफैँले मोटरसाइकल ,गाडी चलाउनुहुँदैन ।
– सर्पले टोकेको आशं लागेमा पानी पिउनु र पिलाउनु हुँदैन । पानी पिउँदा पानीको सहायतामा विष शरीरका विभिन्न भागमा छिटो पुग्ने हुदा अत्यधिक खतरा रहन्छ ।
विषालु सर्पले टोकेर विष छोडे मात्र मान्छेलाई विष लाग्छ । विष लागेमा कमजोरी महसुस हुने, मुख खोल्न नसक्ने, जिब्रो निकाल्न नसक्ने, पानी या अन्य खानेकुरा निल्न गाह्रो हुने, आँखा खोल्न नसक्नेजस्ता लक्षण देखिन्छ । यस्ता लक्षण देखिए सर्पले टोकेको अनुमान गरी जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्छ ।
सर्प बाट बच्न रातको समयमा नहिँड्ने, हिँड्नैपरे उज्यालोको सहायतामा हिँडडुल गर्ने, सुत्नुअघि ओछ्यान राम्रो सँग हेर्ने, सुत्ने कोठा र घरका अन्य कोठा राम्रोसँग हेरेर मात्र सुत्ने गर्नुपर्छ । झुल लगाउनुपर्छ, भुइँमा कहिल्यै सुत्नुहुन्न । घरवरिपरि सफा राख्ने र झ्यालढोकामा जालीको व्यवस्था गर्नुपर्छ । सर्पले मुसा, कुखुरा र हाँस खाने भएकाले सुत्ने कोठा नजिक मुसा आउन नदिने तथा कुखुरा र हाँस घरभन्दा टाढा पालन गर्दा सर्पको जोखिम बाट बच्न सकिन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु