रौतहट, १४ साउन । गौर हत्याकाण्डको दोषिहरुलाई कारवाहीको माग गर्दै आम जनता पार्टीले वृहद मोटरसाइकल र्याली निकालेको छ ।
जनता पार्टी र सहिद परिवारद्धारा साउन १ गते प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाउदै गौर हत्याकाण्डमा तत्कालिन समयमा परेको किटानी जाहेरीको आधारमा पिडकहरु विरुद्ध कारवाही सुरु नगरिएमा चरणबद्ध रुपमा आन्दोलनमा जाने जानकारी स्थानीय प्रशासनलाई गराएका थिए ।
साउन २ देखि १२ गते सम्म पालिकाहरुमा गौर हत्याकाण्डको जानकारी एवं अन्तरक्रिया , साउन १३ गते सहिद परिवार एवं पिडितद्धारा धर्ना र साउन १४ गते गरुडाबाट वृहद मोटरसाइकल र्याली निकालिएको छ ।
गौर हत्याकाण्डको १७ बर्ष वितिसक्दा पनि राज्यले दोषिहरुलाई कारवाही गर्न कुनै चासो नदेखाएपछि बाध्य भएर आम जनता पार्टी र सहिद परिवारले यसप्रकारको कठोर कदम उठाउन बाध्य भएको संघर्ष समितीले जनाएको छ ।
साउन १५ गते देखि अनिश्चितकालिन रौतहट बन्दको पूर्व सन्ध्यामा मोटरसाइकल र्याली निकालिएको हो ।
अनिश्चितकालिन रौतहट बन्दलाई सफल बनाइदिन वस व्यवसायी, यातायात मजदुर, उद्योगी, व्यापारी वर्ग संग
गौर हत्याकाण्ड पीड़ित संघर्ष समितिको संयोजक तथा शहिद पत्नी रूपसागर उपाध्यायले आग्रह गरेकी छिन ।