Friday, May 24, 2024

विजुलीको पोलमा बाँधेर पशु सरह एक युवकलाई कुटपिट

पछिल्लाे समाचार



रौतहट, १५ साउन । गौरमा एक युवकलाई केही स्थानीयहरुले विजुलीको पोलमा बाँधेर कुटपिट गरेको भिडियो भाइरल बनेको छ ।
गौर नगरपालिका वडा नम्वर ३ का २० बर्षिय प्रिन्स अन्सारीलाई सोही वडाका वडाध्यक्षको रोहवरमा विजुलीको पोलमा दिउसो ४ बजेको समयमा बाँधेर पशु सरह निर्घात कुटपिट भएको हो ।
गत शुक्रवार जुम्मा को दिन नेमाज सकेर आइसक्रिम खाने विषयमा विवाद भई सामान्य झै झगडा भएकाे बताइएको छ ।
रिसिइवीले घरमा कोही नभएको मौका छोपी भाईलाई घरबाट बाहिर निकालेर विजुलीको पोलमा बाँधी पशु सरह साजिद, उसको वुवा, भाई, र आश मह्म्मदले प्लास्टिकको पाइप, मुक्का, लाठी, खुटाले निर्घात कुटपिट गरेर मरणासन्न बनाएको पिडित युवकको दाजु इलियास अन्सारीले बताएका छन ।


भाई प्रिन्सलाई अमानविय व्यवहार गर्दै वडाध्यक्ष अन्सारुल भन्ने अब्दुल ताहिरको रोहवरमा यातना दिनु मानवअधिकारको चरम उलंघन गरेको आरोप लगाए ।
भाई माथि गरिएको पशुजस्तै व्यवहार विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी उजुरी गरेको उनले बताए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले पिडित पक्षले दिएको उजुरीको आधारमा एक जनालाई पक्राउ गरिएको तथा अन्यको खोजीकार्य भईरहेको बताएका छन ।


spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु