Wednesday, May 22, 2024

विभिन्न मुद्दामा फरार रहेकाहरु पक्राउ

पछिल्लाे समाचार


रौतहट २० असार। अदालत बाट कैद तथा जरिवाना भई हाल सम्म फरार रहेका हरु लाई रौतहटमा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी गस्ती टोलीले असार १८ गते गढिमाई न.पा.वडा नं १ समनपुर बजार स्थितमा लुटपिट मुद्दा फरार प्रतिवादी
गढिमाई न.पा.वडा नं ५ मदनपुर बस्ने बर्ष ५२ को देवनारायण राम चमारलाई पक्राउ गरेको छ ।
यस्तै अदालतको फैसला कार्यान्वयन अन्तर्गत फरार रहेका प्रतिवादीहरुलाई प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा असार १९ गते गढिमाई न.पा.वडा नं ८ बरियारपुर बाट कुटपिट मुद्दा पक्राउ गरी कारवाहीको लागी जिल्ला अदालत गौर रौतहटमा बुझाएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गढिमाई न.पा.वडा नं ८ बरियारपुर बस्ने बर्ष ४२को दिनेश राय यादव , बर्ष ३८को सतेन्द्र राय यादव , बर्ष ४०को नवल राय यादव , बर्ष ४१को रामबिशवास राय, बर्ष ४१को बिगु राय यादव रहेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु