Friday, May 24, 2024

शकास्पद मृत्यू , हत्या भएको आफन्तको आरोप

पछिल्लाे समाचार


रौतहट, १ साउन । माधवनारायण नगरपालिकाको विसुनपुर्वा मानपुरमा साढुदाई को घर आएका एकजनाको शंकाष्पद मृत्यु भएको छ ।
सर्लाही जिल्लाको बसवारीया गाउँपालिका २ का ४२ बर्षिय महानन्द राय आईतवार रौतहटको माधवनारायण नगरपालिकाको विसुनपुर्वा मानपुर मा साढुदाई राजकुमार राय यादवको घर आएका थिए ।
साढुदाईको घरमा सोमवार विहान झुण्डीएको अवस्थामा मृत फेला परेपछि मृतकका आफन्तहरुले हत्याको आरोप लगाएका छन ।
साढुदाई संग आर्थिक लेनदेनको विषयमा केही समय देखि विवाद चल्दै आएको अवस्थामा सोही रकम लिन आएकाे र विहान झुण्डीएको अवस्थामा यादव फेला परेको सुन्दा अचम्ममा परेको भतिजा राजिवकुमार यादवले बताए ।
उनका अनुसार आर्थिक लेनदेनको विषयलाई लिएर काकालाई मारेर झुण्डयाइएको हुँदा दोषिहरु विरुद्ध कडा भन्दा कडा कारवाही गर्न जिल्ला प्रहरी कार्यालय रौतहट समक्ष माग गरेको बताएका छन ।
घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दीएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु