Friday, May 24, 2024

सिचाइका लागि डिप बोरिङ राखियो

पछिल्लाे समाचार


रौतहट २१ असार। चन्द्रपुर न पा वडा नम्बर १ स्थित दोभान टोलमा सिचाइको डिप बोरीङ राखिएको छ ।
तराई मधेस समृध कार्यक्रम अन्तर्गत डिप बोरिङ बाट पानी निकाल्ने काम सम्पन्न भएको चन्द्रपुर १ का वडा अध्यक्ष बलराम राउतले जनाएका छन ।
दोभान टोलमा करीव ८० लाखको लागतमा बोरीङ राखिएको हो ।ट्याङ्की र कुलो बनाएपछि सिचाईको लागि किसानलाइ पानी दिने योजना छ ।
स्थानिय गोपाल कार्कीले १० धुर जमिन दिएपछि सो स्थानमा बोरीङ राखिएको हो ।


उक्त बोरीङको पानीले ६० बिगाह जमिनमा सिचाइहुने जनाईएको छ ।
यस कार्यक्रम ल्याउन सहयोग गर्ने चन्द्रपुरका नगर प्रमुख सन्जय काफ्ले , नेपाली काग्रेसका नेता रबिनचन्द्र कोइराला , मिथलेस मिश्र लाई वडा कार्यालय तथा दोभानटोल बासी लाई वडाअध्यक्ष राउतले धन्यवाद दिएका छन ।
सिचाइको लागि सोही वडाको गैरीटोल मा पनि बोरीङ राख्ने काम भैरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु