Saturday, October 12, 2024

आँखा पाक्ने रोगको संक्रमण बढ्दो , आंखाको विशेष ध्यान दिन चिकित्सकको सुझाव

पछिल्लाे समाचार


रौतहट २१ साउन । रौतहट सहित देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिएको छ ।
आँखा पाक्ने रोग अर्थात एडिनो भाइरस कन्जन्टिभाइटिस रोग संक्रमण बढेको छ ।
आँखा पाक्ने रोग अर्थात आँखाको सेतो भागलाई छोपेको पातलो झिल्ली वा परेलाको भित्री भाग, जसलाई कंजक्टिभा भनिन्छ त्यसमा हुने संक्रमण हो ।
गौर नगरपालिका वडा नं. ८ पुरेनवा गौर आँखा अस्पताल पुरेनवामा दिनहुँ आँखा जचाउन आउने मध्ये आँखा पाक्ने रोगबाट संकक्रित हुनेको संख्या बढी रहेको चिकित्सकले बताएका छन ।
बिरामी ६ सय भन्दा बढी रहेको गौर आँखा अस्पताल पुरेनवाका व्यवस्थापक प्रमुख कामेश्वर चौधरीले जानकारी दिएका छन ।
संक्रमित बिरामीहरुमा ६० प्रतिशत जति भारतीय नागरिक र बाकी नेपाली नागरिक रहेको बताइएको छ ।
आँखा पाक्ने समस्या प्रकोपका रुपमा देखिएको र बढीजसो बालबालिका र युवामा यो समस्या देखिएको गौर आँखा अस्पताल पुरेनवाका नेत्र अधिकृत बिनिता केशरीले जानकारी दिइन ।
रोगको मुख्य लक्षण आँखामा चिप्रा लाग्ने, आँखा सुनिन्ने, चिलाउने, पोल्ने र रातो हुने आदि रहेको चिकित्सकहरुको भनाइ छ ।
आँखा पाक्ने रोगले दिर्घकालिन असर नगरे पनि कोही कोहीमा संक्रमण फैलिएर आँखाको नानीमा समस्या हुने चिकित्सकहरु बताउछन।
संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा, वा अन्य व्यक्तिलाई छुदा संक्रमण फैलिन सक्ने बिशेषज्ञहरुको भनाइ छ ।
गौर आँखा अस्पतालका नेत्र अधिकृत बिनिता केशरीले आँखा पाक्ने रोग लागेमा नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जाँच गराउन सुझाव दिएकी छिन ।
चिकित्सक वा विशेषज्ञले दिएको औषधि मात्र आँखामा हाल्नुपर्ने , रातो भएको आँखालाई बरफ वा आइसले सेकाउन सकिने , खानेपानीलाई बरफ बनाएर त्यसले आँखा सेकाउन बिशेषज्ञहरुको सल्लाह छ ।
आँखा पाक्ने रोग लागेमा आँखा नमाड्न, पानी नछ्याप्न, जथाभावी औषधिको प्रयोग नगर्न, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिने गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु