Monday, June 24, 2024

गरुडामा गलत प्रचारवाजी भयो : मेयर जयसवाल

पछिल्लाे समाचार

गरुडा, १० भदौ । गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद जयसवालले आफू विरुद्ध झुटो प्रचारवाजी भएको गुनासो गरेका छन ।
गरुडा नगरपालिका केहि वडाका अध्यक्षहरुले बिभिन्न मिडियामा गएर गलत प्रचारवाजी गरेको मेयर जयसवालको गुनासो छ ।
उनले वडा अध्यक्षहरुले निकालिएको भनिएको रकम आव २०७७/०७८ को भएको बताएका छन । तत्कालीन मेयर इनु राय यादवको पालामा दुर्गा मंदिर निर्माण गर्न २२ लाख रकम छुट्याईएको थियो । त्यस समय अहिलेका मेयर जयसवाल दुर्गा मन्दिर समितीका अध्यक्ष थिए।
तत्कालीन मेयर यादवकै पालामा हालका मेयर कन्थमुनि प्रसाद कलवारको अध्यक्षतामा दुर्गा मंदिर उपभोक्ता समिति बनेर निर्माण कार्य भएको थियो जसको भुक्तानी २०७९ मा भएको उनले प्रष्ट पारेका छन ।
नगरपालिकाबाट वडा अध्यक्षहरुले मोबाईल खरिदमा मेयरले एकलौटी निर्णय गरेको भनिएको कुरामा समेत कुनै सत्यता नरहेको उनले बताएका छन ।
उनले नगरकार्यपालिकाको बैठक बसी गरिएको निर्णयलाई मेरो एकलौटी भनी गरिएको प्रचारले आफु अचम्मित भएको मेयर जयसवालले बताए ।
उनले केही वडाअध्यक्षहरुले जनताको लागी नभई आफ्नो स्वार्थको निमित्त बिरोध गरिरहेको समेत उनको आरोप छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु