रौतहट १० भदौ । गरुडा नगर उधोग वाणिज्य संघको अध्यक्ष पदमा दुइ जना चुनावी प्रतिस्पर्धामा छन ।
निर्वाचनको कार्यक्रम सार्वजनिक भएसँगै शुक्रवार उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
भदौ १८ गते हुने निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता गरिएको थियो ।निर्वाचन समिति संयोजक पंडित प्रसाद जैसवालका अनुसार शुक्रवार ५ जना अध्यक्ष पदमा र ३६ जना सदस्यको लागि उम्मेदवारी मनोनयन दर्ता गराएका भएको थियो ।
अध्यक्ष पदमा मनोनयन दर्ता गराएकाहरु मध्ये संतोष कुमार चौधरी, ,सतिश साहले उम्मेदवारी कायम राखेका छन् । भने चुनचुन प्रसाद साह,राधेश्याम साह कलवार,राजेश कुमार साहले उम्मेदवारी फिर्ता लिएका छन् ।
गरुडा नगर उधोग वाणिज्य संघको विधान २०७३ को परिच्छेद ७ को दफा ४५ बमोजिम अगामी ३ वर्षिय कार्यकालको लागि आगामी भदौ १८ गते अध्यक्ष १ र सदस्य १३ पदका लागि निर्वाचन हुन लागेको छ ।
सो पदहरुमा ३३ जना प्रतिस्पर्धीहरु छन् ।निर्वाचनको कार्यक्रम अनुसार भदौ ०९ गते बिहान १० बजे देखि २ बजे सम्म उम्मेदवारको नाम फिर्ता लिन , दिउँसो २ बजे देखि ३ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको थियो ।मतदान कार्यक्रम भने भदौ १८ गते बिहान ८ बजे देखि ४ बजे सम्म राखिएको छ ।
गरुडा नगर उधोग वाणिज्य संघको भदौ १८ गते हुन लागेको चुनावमा शान्तिपूर्वक चुनावमा सहभागी हुन सम्पूर्ण व्यापारीहरुलाइ निर्वतमान अध्यक्ष हरेन्द्र प्रसाद चौधरीले अपिल गरेका छन् ।
१४ पदाधिकारीका लागि ३३ जना प्रतिस्पर्धामा रहेको छ ।गरुडा नगर उधोग वाणिज्य संघमा ९ सय ५२ जना मतदाता रहेका छन ।
गरुडा नगरपालिका,कटहरिया नगरपालिका,बृन्दावन नगरपालिका,गढिमाइ नगरपालिका,देवाहीगोनाही नगरपालिका र फतुवा बिजयपुर नगरपालिका का व्यवसायीहरु संघमा आवद्ध छन ।