Sunday, January 26, 2025

गौरमा लम्की स्किन बिरुद्द खोप अभियान

पछिल्लाे समाचार


रौतहट २१ साउन / पशुमा लाग्ने लम्की स्किन रोगले अहिले सम्म ६० हजार भन्दा बढी पशुको मृत्यु भइसकेको छ ।
लम्की स्किन रोग १० लाख भन्दा बढी पशुहरु संक्रमित भएको छ । लम्की स्किन रोग विरुद्ध रौतहटको गौर नगरपालिका लगाएतका पालिकामा खोप अभियान संचालनमा रहेको छ ।
साउन १४ गते आइतवार देखि पशुहरुमा यो रोग विरुद्ध खोप लगाउने कार्यक्रमको थालनी भएको भेटेरिनरी अस्पताल गौरका चिकित्सक डा. सुभास कुमार सिंहले जानकारी दिए ।
गौर नगरपालिका वडा नं. ९ सिर्सियामा एक सय डोज खोप लागिसकेको डा. सिंहले जानकारी गराएका छन । त्यस्तै वडा नं. ८ पुरेनवामा १०० वटा, वडा नं. ७ सिसवामा १०० वटा वडा नं. ४ टिकुलियामा ४५० वटा र वडा नं. ५ मा ८५ वटा खोप गरि अहिले सम्म ८५० डोज खोप लागिसकेको डा. सिंहले जानकारी दिए ।
मधेस सरकारले गौर नगरपालिकाका लागि एक हजार डोजको खोप उपलब्ध गराएकोका जम्मा १ सय ५० वटा खोप बाँकी रहेको र अहिले वडा नं. १,२,३ र ६ मा खोप लगाउन बाँकी रहेकोले बाकीका वडाहरुका लागि गौर नगरपालिकाले खोप उपलब्ध गराउने बताईएको छ ।
लम्की स्किन रोगबाट गौर नगरपालिका भित्र १ सय १० वटा पशु संक्रमित भएको जसमा २ वटा पशु मरेको डा. सुभास सिंहले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु