रौतहट, ११ भदौ । नेपाल विद्युत प्राधिकरणले १३२ केभी चन्द्रपुर- सुकदेवचीक प्रसारण लाइन निर्माण गर्ने भएको छ ।
प्राधिकरणले २०० मेगावाट विद्युत प्रवाह गर्न ३६ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो ।
मधेश प्रदेश अन्तर्गत रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर सबस्टेसन देखि यमुनामाई गाउँपालिका-४, सरुअठामा प्रस्तावित सरुअठा सबस्टेसनसम्म लाइन निर्माण गर्न लागेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले प्रसारण लाइन निर्माण गर्न विद्युत विकास विभागमा आवेदन दिएको छ ।


