Wednesday, April 8, 2026

पत्रकार पटेलले अनाथलयमा मनाए जन्मदिन

पछिल्लाे समाचार


रौतहट, १२ भदौ । जन्मदिनको अवसरमा रौतहट जिल्लाको गरुडा नपा ४ स्थित रहेको बंशिराम जयसवाल अनाथालयमा २६ जना बालबालिका छन ।
परोहा नपा वडा नं ८ मोतिपुर नरकटिया टोल का मधेश प्रदेश अनलाइन का संचालक र रिपोर्टर्स क्लब नेपाल मधेश प्रदेश कोषाध्यक्ष पत्रकार अभिमनु कुमार पटेलले बालबालिका संग जन्मदिन मनाएका छन ।
अनाथलयमा चामल, दाल, आलु, प्याज, खानेतेल, स‍ोयबिन, नुन, चकलेट, चोकोपन, सर्फ, कपडा धुने साबुन, नुहाउने साबुन, बिस्कुट लगायत सामाग्री जन्ममदिनको अवसरमा सहयोग गरेका छन ।
अनाथालय संचालक बंशीराम जयसवाल समान हस्तान्तरण गरेका छन ।
अनाथलयका टुहुरा बालबालिकाका कसैको आमा छैन, कसैको बुवा छैन त्यस्ता साना साना बालबालिकालाई आफ्नो सन्तान जस्तो हेरचाह गर्न कति कठिनाई भइरहेको होला भने आफुले कल्पना पनि गर्न नसक्ने पटेलले बताए ।
।७५ बर्षभन्दा बढी उमेरमा पुगिसकेका अनाथलय संचालक जयसवालले अनाथालयको आश्रयमा रहेकाहरु लाई अहिले महंगीले कठिनाइ भएको बताएका छन ।
बिभिन्न अवसरमा अनावस्यक खर्च गर्नु भन्दा शुभ अवसरमा सेवाको काम गर्न जन्मदिनको अवसरमा पत्रकार अभिमनु कुमार पटेलले सबैसँग आग्रह गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु