Friday, May 24, 2024

बागमती बाढी बाट प्रभावित ७५ परिवार लाई राहत वितरण

पछिल्लाे समाचार


रौतहट २४ साउन । जिल्ला प्रशासन कार्यालय रौतहट ले बागमतीको बाढी बाट प्रभाबित हरुलाइ राहत बितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको निर्देशनमा दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वामा विपद व्यवस्थापन समिति राैतहटले बागमती नदीबाट पीडित ७५ परिवारलाई राहत स्वरुप जनही २५ किलो चामल,५ किलो आलु,५किलो चिनी,२ लिटर खाने तेल, २ किलाे नुन,५ किलाे चिउरा, १ किलाे चिनी वितरण गरिएको छ।
साथै पिडित परिवारलाई मेडिकेटेड झुल र फाेम म्याट समेत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय राैतहटका नायब सुब्बा राम नरेश साहले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु