Monday, June 24, 2024

बाढीले खेत कटान

पछिल्लाे समाचार


रौतहट ११ भदौ । अविरल वर्षाका कारण आइतबार देखि लालबकैया नदीमा बाढी आएको छ ।
बाढीले मौलापुर नगरपालिका–१ को मर्यादपुरटोल नजिक पश्चिमी बाँध कटान गरेको छ । उक्त इलाकाको बाँध करिब सय मिटर कटान गरेर खेतमा बाढीले केरा खेतीमा क्षति पुर्‍याएको छ ।
बाढी बस्तीमा नपसेको भए पनि ठुलो बाढी देखेर गाउँले त्रासीत छन् ।
खेत कटान बढेपछि गाउँलेले रोकथामका लागि स्थानिय तह तथा स्थानिय प्रशासन संग आग्रह गरेका छन ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा अधिकारीको टोलीले कटान नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना परिचालन गरेका छन । सुरक्षाकर्मीको टोलीले कटान राेकथाममा खटिएको छ ।


कटान क्षेत्रमा बाँसको पाइलिङ गरेर बोरा राखिएको प्रजिअ मिश्रले बताए ।
स्थानीय प्रशासनले नदि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न सचेत गराएको छ ।


कटान गरेको क्षेत्रमा वाग्मती र लालबकैया नदी नियन्त्रण आयोजनाका प्राविधिकहरु समेत खटिएका छन ।
वाग्मती र लालबकैयामा आएको बाढीले ब्रम्हपुरी, दुर्गाभगवती, माधवनारायण, बौधीमाई र मौलापुर लगायतका पालिकाहरु कटान नियन्त्रणको काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु