Saturday, March 2, 2024

बृन्दाबन नपामा ९० जना नेपाली काग्रेसमा प्रबेश

[sharethis-inline-buttons]

पछिल्लाे समाचार


रौतहट, २९ साउन ।विभिन्न पाटी परित्याग गरी वृन्दावनमा ९० जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस रौतहटको आन्तिरिक विशेष अभियान अन्तर्गत वृन्दावन नगरपालिका वडा १ स्थित हनुमान चौकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पाटी परित्याग गरी नेपाली कांग्रेस पार्टी प्रवेश गरेका हुन्।
नेपाली कांग्रेस क्षेत्र न ४ का सभापति राम स्नेही यादवको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि क्षेत्र का प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिना रहेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला सभापति तथा प्रदेश सांसद जितेन्द्र यादव रहेको थियो । अतिथिहरुमा नेपाली कांग्रेसका प्रदेश सदस्य सूर्यबहादुर थापा, चन्द्रपुर नगर सभापती मुकेश गिरी लगायतका नेता हरुको उपस्तथिती रहेको थियो ।
पार्टी प्रवेश गर्नेहरुमा अधिकांश नेकपा एम र मधेसी दलबाट छन्। वृन्दावन नगरपालिका वडा नंका पूर्व वडाध्यक्ष सुबोध पटेलको सहयोगमा आइतबार उनीहरुले कांग्रेसमा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सासद देव प्रसाद तिमल्सिना ले नेपाली कांग्रेसको विचार र सिद्धान्तलाई अंगालेर कांग्रेस प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई कांग्रेसले सधै सम्मान गर्ने र नयाँ पुरानो नमनी भेदभाव कहिले नगर्ने बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु