Monday, June 24, 2024

महिला आवाज नेपालद्वारा आर्थिक सहयोग

पछिल्लाे समाचार


निजगढ,२१ श्रावण । महिला आवाज नेपाल निजगढले निजगढको लाल स्थित टि बि र मेरुदण्ड रोगबाट ग्रसित कुमार बहादुर थिङ र हाम्रो मामाघरलाई आर्थिक सहयोग गरेकोछ । महिला आवाजले टि बि रोगबाट ग्रसित थिङलाइ उपचार सहयोगार्थ १५ हजार रुपैंया प्रदान गरेको अध्यक्ष सावित्री बडाल तिमल्सिनाले बताउनुभयो ।
तेसैगरी महिला आवाजले गरिब तथा अनाथ बालबालिकाहरुलाई निशुल्क शिक्षा प्रदान गर्दै आइरहेको हाम्रो मामाघरलाइ पनि आर्थिक सहयोग प्रदान गरेकोछ । महिला आवाजले मामाघरलाई १० हजार रुपैंया प्रदान गरेकोहो । महिला आवाजकी अध्यक्ष तिमल्सिनाले हाम्रो मामाघरका अघ्यक्ष उदयराज अधिकारीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएकोथियो ।
कार्यक्रममा महिला आवाज नेपालकी उपाध्यक्ष रत्ना बर्तौला,सचिव शोभा तिमल्सिना,निजगढ नगर कार्यपालिका सदस्य मनमाया तामाङ,समाजसेवी सिता मैनाली लगायतको सहभागिता रहेकोथियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु