Thursday, June 13, 2024

मृगौला पिडित अन्जलिलाई साथि सहकार्यको सहयोग

पछिल्लाे समाचार


निजगढ,२१ श्रावण । निजगढ नगरपालिका वडा नम्बर ८ कि मृगौला पिडित अन्जली माझीको उपचार सहयोगार्थ साथि सहकार्य युवा क्लबले आर्थिक सहयोग संकलन अभियान संचालन गरेकोछ । साथि सहकार्यले निजगढ नगरपालिकाका बिभिन्न क्षेत्रहरुमा सांगीतिक कार्यक्रमको आयोजना गर्दै अन्जलिको उपचारकोलागि आर्थिक सहयोग संकलन गरेको अध्यक्ष बिपुल लामाले बताउनुभयो ।
काठमाडौं स्थित बिर अस्पतालमा उपचार गराईरहेकी अन्जलिको उपचारकोलागी ५० हजार ५ सय रुपैंया अन्जलिकी आमा शर्मिला कुश्वारलाई हस्तान्तरण समेत गरिएकोछ । क्लबका अध्यक्ष लामा नेतृत्वको टोलीले अस्पतालमा पुगी सो रकम हस्तान्तरण गरेकोहो । क्लबले सामाजिक संजाल र सांगीतिक कार्यक्रम मार्फत अन्जलिको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन अभियानलाइ निरन्तरता दिने अध्यक्ष लामाले बताउनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु