रौतहट,२१ साउन । डिभिजन वन कार्यालय रौतहटले काठ सहित एउटा जिप बरामद गरेको छ ।
जिल्लाको गैडाटार सव डिभिजन वन कार्यालय अन्र्तगतको वनबाट काठ लोड गरेर जिल्लाको दक्षिणी भेग तिर जादै गरेको अवस्थामा बा ६ च ४६०२ नम्बरको पिकप भ्यान र काठ प्रहरीले बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र वन गस्ति टोली ले काठ सहितको गोलिया बरामद गरेको वन अधिकृत बिमल ठाकुरले जानकारी दिएकाछन् ।
गाडी चालक फरार भएको र गाडीमा रहेका अरबिन्द चौधरीलाई पक्राउ गरेको बन अधिकृत ठाकुले बताए । बरामद गाडी,पक्राउ परेका चौधरी र काठको बिषयमा थप अनुन्धान भईरहेको डिभिजन बन कार्यालय रौतहटका डिएफओ सुनिल कर्णले जानकारी दिएका छन ।