Thursday, June 13, 2024

सिमामा चोरी तस्करी नियन्त्रण हुन सकेन

पछिल्लाे समाचार


रौतहट, ११ भदौं । सीमा क्षेत्रबाट भईरहेको चोरी तस्करी र चुहावटले राजस्व संकलन प्रभावित हुँदै गएका छ ।
भारत संग सीमा जोडिएका मधेश प्रदेशका जिल्लाहरुबाट अबैध रुपमा सीमापारीको कारोवार गर्ने कारोबारीहरुले दैनिक करोडौंका मालसामानहरु नेपाल भित्राउने गरेको जनगुनासो छ ।
मधेश प्रदेशको पर्सा, वारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाको भारत संग जोडिएका सीमाको चोर बाटो भएर कपडा, खाद्यान्न सामग्री, स्पेयर पार्टस, हार्डवेयरका सामान, टायलस, रासायनिक मल, कष्मेटिक समान लगायत विभिन्न सामानहरु दैनिक रुपमा नेपाल भित्रिने र नेपालबाट मदिरा, कालो मरिच, मसुर, सेतो केराउ लगायतका समानहरु भारत तर्फ निकासी हुने गरेकाे जानकारहरुले बताउदै आएका छन ।
रौतहटको भारत संग जोडिएकाे ३२ किलोमिटरमा सशस्त्र प्रहरीको पाँच वटा बेस क्याम्प र नेपाल प्रहरीको १० वटा सीमा प्रहरी चौकी रहेपनि दैनिक रुपमा लाखौं मूल्य बराबरको मालसामानहरु निर्वाध रुपमा नेपाल भित्रने तथा बाहारीने गरेको छ ।
बंकुल बजारको एक तस्करले मोतिपुर नरकटियालाई तस्करीको लागि मुख्य नाका बनाएको श्रोतको दावी छ ।
मोतिपुर र रामपुर खाप बाट चिनी, मैदा, सर्फ, बिस्कुट, हाडवेयर, खैनी लगायत समान भित्रने गरेको गुनासो छ ।
एक दिनभरिमा २ सयभन्दा बढी साइकल र दर्जजनौ मोटरसाइकलमन दुई देखि तीन बोरा बोकेर तस्करी भइरहेको स्थानियको गुनासो छ ।

फोटो : पत्रकार : अभिमन्यू पटेल

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु