Friday, July 19, 2024

सुकुम्वासी बसेको एैलानी जमिन बिक्री गरेको भन्दै बिरोघ

पछिल्लाे समाचार


रौतहट ११ भदौ । कटहरिया नगरपालिका वडा न १ भसेड्वाका वडा अध्यक्षले आर्थिक प्रलोभनमा परी १० बिगाह भन्दा बढी एैलानी जमिन बिक्री गरेको भन्दै बिरोध भएको छ ।
भसेडवाका दलितहरुले गौर सदरमुकाममा जुलुस प्रर्द्शन गरेको छन । विपी चोक देखि शुरु गरिएको जुलुसले नगर परिक्रमा गर्दै विभिन्न नारा लगाएका थिए ।
बिस२०२२ साल देखि बसोबास गर्दै आएको दलित बस्तिलाइ वडा अध्यक्ष भुपेन्द्र महतो कोइरी र वडा सचिब उमाशकर महतोको मिलोमतोमा सो जग्गा बिक्री गरेको आरोप लगाउदै गौरमा जुलुस प्रर्दशन गरेको हो ।
सो जग्गामा बसोबास गर्ने करिव ३ सय घर परिवार बिचल्लीमा परेको दलित अगुवा बटुक पासवानले बताए ।
बिस २०८० साल जेठ २६ गते कनकपुर का सेख मेराजुलको नाममा १० बिगाह जग्गा बिक्री भएको आरोप दलितवस्तिका वासिन्दाहरुले लगाएका छन ।
सो वडामा ५३ बिगाह भन्दा बढी जग्गा एलानी रहेकोे स्थानीयले बताएका छन ।
यस सम्बन्धमा वडा अध्यक्ष महतो तथा वडा सचिव महतो सँग सम्पर्क गर्दा जग्गाको चार किला प्रमाणित मात्र गरेको बताउदै आफुहरु माथि लगाइएको आरोप झुठाे भएको बताएका छन ।
बिस २०७० सालको लालपुर्जामा शेख मेराजुलको नाउँमा दर्ता रहेको सो जमिन चार किला प्रमाणित गराउन आए पछि प्रमाणित गरिएको वडा अध्यक्ष महतोले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु