Monday, June 24, 2024

“हाम्रो मौलापुर ” नामक पाठ्यपुस्तक तयार

पछिल्लाे समाचार

रौतहट २ भदौ । मौलापुर नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरी लागू गरेको छ ।
नगरपालिकाले नगरभरीका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम अन्तरगत ‘हाम्राे मौलापुर’ पुस्तक लागू गरेको हो ।
राष्ट्रिय पाठ्यक्रमले नसमेटेका नैतिक शिक्षासहित स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरिएको मौलापुरका नगर प्रमुख रीनाकुमारी साहले बताइन् ।
स्थानीय पाठ्यक्रममा हाम्रो नगरपालिकाभित्रको प्राकृतिक सम्पदा, स्थानीय पेसा व्यवसाय र आर्थिक क्रियाकलाप, सामाजिक संस्था, तथा स्वास्थ्य, प्राकृतिक प्रकोप र जोखिम व्यवस्थापनका साथै संस्कार, संस्कृति तथा रहनसहन, योग शिक्षा, अतिथि सत्कार लगायतका विषयवस्तु पुस्तकमा समेटिएको नगरप्रमुख साहले जानकारी दीएकी छिन ।
पाठ्यक्रममा समग्र मौलापुरभित्रको आर्थिक, सामाजिक, भौतिक तथा, आचरण, बानी ब्यहोरा, जनसाङ्ख्यिक अवस्थाका बारेमा जानकारी दिएको उनको भनाई छ ।
मौलापुर नगरपालिकाका शिक्षा संयोजक राजेन्द्र साहले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्रै नभई व्यवहारिक ज्ञान प्रदान गर्ने र सीप सिकाउने गरी स्थानीय पाठ्यक्रमका विषयवस्तु तयार पारिएको जानकारी दिए ।
पाठ्यक्रमको लेखन हेमप्रसाद साहले गरेका छन नगरपालिकाले सबै सामुदायिक विद्यालयले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि अनिवार्य विषय बनाएर एक सय पूर्णाङ्कको पाठ्यक्रम नै लागू गरेकाे जनाएको छ ।
नगरपालिकाले राष्ट्रिय पाठ्यक्रममा आधारित हुँदै स्थानीय पाठ्यपुस्तक तयार गरेको शिक्षा संयोजक राजेन्द्र साहको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु