Saturday, April 4, 2026

समनपुर नजिक बागमती किनारमा महिलाको शव फेला

पछिल्लाे समाचार


रौतहट ९ भदौ । गढिमाइ नगरपालिका स्थित बागमती नदिमा एक जना महिलाको शव फेला परेको छ ।
गढिमाइ नगरपालिका वडा नम्बर १ स्थित समनपुर पुल नजिक बागमती नदि किनारमा करिब ५०/५५ वर्षकी महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन् ।
शुक्रवार साँझ बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।
घटनाको सम्बन्धमा थप अनुसंन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु