बारा, ७ भदौ । चुरियामाई को उकालोमा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो ।
बसमा सवार तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा अस्ततालमा मृत्यू भएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
१७ जना घाइते यात्रुको मकवानपुरको हेटौंडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए ।
आज बिहान २ बजे जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक बस सडक दुर्घटना भएको हो ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


