Wednesday, April 8, 2026

राहत रकम बितरण नहुदा फिर्ता

पछिल्लाे समाचार


रौतहट ६ असोज । सरकारले किसान लाई पठाएको राहत रकम स्थानीय तहले वितरण गरेको छैन । बितरण नहुदा राहत फिर्ता हुने भएको छ ।
बेमौसमी वर्षाको कारण किसानले लगाएको बालीमा क्षति पुगेपछि गृह मन्त्रालयले जिल्ला व्यवस्थापन समितिमार्फत रौतहटको १८ वटै स्थानीय तहलाई क्षतिपूर्ति बापत रकम पठाएको थियो ।
विसं २०७८ असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म बेमौसमी वर्षाले किसानको धानबालीमा क्षति पुगेको थियो।
तीन बिघाभन्दा बढी खेत भएको किसानलाई ठूला किसान, दश कट्ठाभन्दा बढी तीन विद्यासम्म जमिन भएका किसानलाई मध्यम र दश कट्ठासम्म खेत भएका किसानलाई साना किसानको मापदण्ड बनाएर क्षतिपूर्ति रकम वितरण गर्ने सरकारले योजना बनाएको थियो ।
मन्त्रिपरिषद्को मिति २०७८ मंसिर को निर्णयले एक हजार
किसानलाई राहत प्रदान गर्न करिब सात करोड रुपियाँ निकासा भएको थियो ।
सो रकम पालिकाहरुको खातामा थन्किएको छ। किसानले पाउनु पर्ने रकम समयमै वितरण नगर्दा नेपाल सरकारको नाममा रकम फिर्ता हुने भएको छ ।
महालेखा परीक्षकको कार्यालयले बेरुज देखाएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले स्थानीय तहलाई रकम वितरण गरेको भए सो को भरपाई र वितरण हुन नसकेको भए कारणसहित रकम फिर्ता गर्न पत्राचार गरेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु