Monday, June 24, 2024

स्व. मनोजकुमार चौधरी म्याराथनको उपाधि शर्मालाइ

पछिल्लाे समाचार

.
रौतहट ४ कार्तिक / स्व. मनोजकुमार चौधरी म्याराथनको उपाधि संजीव शर्माले हात पारेका छन्।
शनिबार भएको चौधरी म्याराथन दौडको बाह्रौँ संस्करणको उपाधि शर्माले जितेका हुन्।
शर्माले ४६ प्रतिस्पर्धीलाई पछाडि पार्दै १७ मिनेट २ सेकेन्डमा पाँच किलो मिटर पार गरेका थिए।
११ औँ संस्करणमा उपाधि जितेका जेशकुमार राम भने यसपटक दोस्रो भएका छन्।
उपाधि विजेता चौधरीले साइकल पुरस्कार पाएका छन भने उपविजेता रामले मिक्सचर पाएका छन्।
तृतीय भएका राजा महतोले विद्युतीय हिटर पाएका छन् भने चौथो भएका रत्नेश चौधरीले पनि विद्युतीय हिटर प्राप्त गरेका छन्।
सर्लाही, रौतहट र बारा जिल्लाका धावकहरु सहभागी हुँदै आएको सो म्याराथन रौतहटको एउटा प्रतिष्ठित प्रतियोगिताको रुपमा स्थापित भइसकेको गरुडाका अगुवाहरुले बताएका छन।
कार्यक्रम को यस वर्ष रौतहट सुन चाँदी व्यवसायी संघका अध्यक्ष अरुणकुमार सोनीले व्यवस्थापन गरेका छन।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु