Friday, July 19, 2024

बौधिमाई मेयर कप क्रिकेटको क्वाटरफाइनलमा इनर्वा टिम बिजयी

पछिल्लाे समाचार


रौतहट २२ कार्तिक /बौधिमाई मेयर कप क्रिकेटको क्वाटरफाइनलको खेलमा इनर्वा टिम १ सय २३ रनले बिजयी भएको छ ।
रौतहटको बौधिमाई नगरपालिकाको सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघ गौरले आयोजना गरेको मेयर कप क्रिकेट टूर्नामेन्टको क्वाटरफाइनल मैचको खेलमा ईनर्वा टिमले बंकुल टिमलाई पराजित गर्दै ठुलो रनको अन्तरले जित भएको छ ।
बौधिमाई नपाको सरमुजवा गुजरा माई क्रिकेट खेल मैदानमा कार्तिक १८ गते देखि सुरु भएको मेयर कप २०८० क्रिकेट प्रतियोगिताको बुधवार भएको क्वाटरफाइनल मैचमा ईनर्वा टिमले १ सय २३ रनले बंकुल टिमलाई पराजित गर्दै जीत हात परेकाे छ ।


मेयर कपको पाँचौ खेलमा बौधिमाई नपा वडा नं.२ इनर्वा टिम र बौधिमाई नपा वडा नं.७ बंकुल टिम बिच प्रतिस्पर्धा भएको थियो।
प्रतिस्पर्धाको सुरुवातमा बंकुल टिम टॉस जिती इनर्वा टिमलाई ब्याटिंग गर्न दिएको थियो । इनर्वा टिमले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै २ सय ३६ रन जोड़ेका थिए । जवाफी बल्लेबाजीमा उत्रेका बंकुल टिमले २ सय ३६ रनको लक्ष्य पछ्याउदै निर्धारित २० ओभरको खेलमा १५ ओभर ३ बॉलमा सबै विकेट गुमाएर मात्र १ सय १३ रन बनाई पराजित हुनु परेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु