Monday, June 24, 2024

मौलापुरकी मेयर साह लाई पुन बाहाली गर्न सर्वोच्च अदालतको आदेश

पछिल्लाे समाचार

रौतहट २४ कात्तिक । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह लाई पुन बाहाली गर्न आदेश दिएक‍ो छ ।
नेकपा एमालेको सिफारिमा निर्वाचन आयोगले गरेको कारबाही सर्वोच्चले बदर गर्दै पदमा पुर्नबहाली गर्न अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले नेकपा एमालेको सिफारिसमा निर्वाचन आयोगले गरेको कारबाही बदर गर्दै पुर्नबहाली गर्न आदेश दिएको हो ।
अदालतले निर्वाचन आयोगलाई १५ दिनभित्र यस सम्बन्धमा लिखित जवाफ पेस गर्न पनि आदेश दिएको छ ।
मेयर साह २०७९ वैशाख ३० गतेको स्थानीय तह को निर्वाचनमा एमालेबाट उम्मेदवार भई रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएकी थिइन्।
एमाले छाडेर प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टी प्रवेश गरेको भन्दै नेकपा एमालेले मेयर साहलाइ कारबाही को लागि सिफारीस गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु