Wednesday, October 9, 2024

मध्यपहाडी लोकमार्ग संकल्प यात्रा ,र यसको महत्व !

पछिल्लाे समाचार


पुरुषोत्तम पौडेल
नेकपा एमालेको झुलाघाट-चिवाभन्ज्यांङ संकल्प यात्रा आज कर्णाली तीर आईपुगेको छ । यस यात्राको नेतृत्व स्वयम पार्टी अध्यक्ष केपी ओलीले गरीरहनु भएको छ । यो यात्रा मध्यपहाडी भेगका जनता , यहाको वहुआयामीक विकाशको सम्भावना र नेकपा एमालेका नेता-कार्यकर्ता तथा मतदाताहरुको लागी निकै उत्साहवर्धक र खुशीको शन्दर्भ हो । नेकपा एमालेका नेताहरुको लागी चाही यो आफुलाई तिखार्ने र जनता संग एकाकार गर्ने अवसर हो ।
तराई नेपालको आधार भूमी हो । हिमाल हामो सुन्दर टोपी हो भने पहाड हाम्रो मेरुदण्ड हो । जसरी शरिरलाई ठिक ढंगले अड्याई राख्न मेरुदण्डको भूमिका हुन्छ ठिक त्यसैगरी नेपालको स्वतन्त्रता, स्वाभिमान र एकता जोगाई राख्न पनि आधार र टोपिको झै मेरुदण्डको पनि उत्तिकै भूमिका हुन्छ । त्यसैले मध्यपहाडी लोकमार्ग ( पुस्पलाल मार्ग ) लाई मेरुदण्ड मार्ग भनिन्छ । नेकपा एमालेले मेरुदण्ड मार्गका समग्र समस्याहरूको समाधान गर्ने खाका कोर्नु पर्दछ ।
लोकमार्गका समस्याका कुरा गर्दा केहीले त्याहा निर्माण भैरहेका केही पुलहरूको चर्चा गरेर मज्जा लिएको सुनिने गर्दछ । सयस्या त्यतिमा सिमीत गर्ने ठालुहरुको कुरामा एमाले अल्झिनु आवस्यक छैन । एमालेले त्याहाको यातायात, संचार, विजुली, आवास सहित जिवनलाई सहज वनाउने सवै पक्षको अध्ययन गर्नू आवस्यक छ ।
त्यसैगरी पहाडी भेगका युवाहरुको अवस्था के छ ? ऊनिहरु के कस्तो समस्या झेलिरहेका छन् ? महिलाहरूको अवस्था के छ ? जनजातीहरू के सोची रहेका छन ? दलीतहरूको दुख के छ ? गरीव किसान मजदुरहरूको पिडा के छ ? सवै पक्षमा ध्यान दिएर विश्लेषण गरिनु पर्दछ र समाधान खोजिनु पर्दछ ।
त्यती मात्र होईन नेकपा एमाले जस्तो जिम्मेवार पार्टीले त्यहाको जिवनस्तर, जीवन शैली, उत्पादनको अवस्था , उत्पादनका साधन , खाद्यसुरक्षाको अवस्था लगायत सवै पक्षको अध्ययन गर्नु पर्दछ । अझ वसाई सर्नुको कारण, उत्पादक शक्तिहरु पलायन हुनुको कारण , उत्पादनमा ह्रास आउनुको कारण पत्ता लगाएर समाधान निकाल्ने वाटोमा लाग्नु पर्दछ ।
त्यति मात्र होईन नेकपा एमालेले त्यस क्षेत्रको रहन-सहन भेषभूषा, साहित्य, कला, संस्कृतिको अवस्था, तिनको संरक्षणको लागी राज्यले खेलेको भूमिका,‌ अवका दिनमा गर्नु पर्ने कामहरु समेत खुट्याएर आउनु पर्दछ । आजको दिनमा त्याहाको आपूर्ति व्यवस्था, उत्पादनका साधन हरुको अवस्था अनी उनिहरुको आवस्यकताहरुको पहिचान गर्नुका साथै स्थानिय उत्पादनको सुरक्षा र वजारीकरणका लागी आवस्यक योजना तयार गर्नु पर्दछ ।
त्यतिमात्र होईन हिजोका दिनमा निर्माण कार्यमा भैरहेको ढिलासुस्ती, उत्पादनका साधनको कमि, स्थानिय उत्पादन हरुको संरक्षणमा भएको वेवास्ता र राज्यका तर्फवाट भए गरिएका वेथितीहरुको समग्र समिक्षा गरिनु पर्दछ । यसका साथै नेकपा एमाले सरकारमा रहदा सो क्षेत्रमा गरिनै पर्ने र गर्न सकिने खालका कामहरु के के थिए ? के के काम भए ? के के हुन सकेनन या गरिएन तिनको समेत लेखा जोखा गरेर आगामी दिनको लागी पूर्ण तयारी गर्नु पर्दछ ।
अझ पुस्पलाल श्रेष्ठ नेकपा एमालेका आदर्श नेता हुन । हामिले हरेक कार्यक्रममा पुष्पलालको फोटो राख्ने गरेका छौ । अहिले हामी सवै नेतृत्व सहित पुस्पलाल मार्गमा यात्रा गरिरहेका छौ । मंसिर १४ देखी पुष ५ गते सम्म हामी यसै कार्यक्रममा हुन्छौ । यसले कमरेड पुष्पलालको स्मृतिलाई ताजा त वनाउछ नै । यस क्रममा हाम्रो पार्टीको समग्र नेतृत्वले आफुलाई समेत हिजोका दिनमा कहिकतै देखिएका कलह, आग्रह र वैमनस्यताको तुष वाकि भए त्यसलाई राप्ती तथा कोशी तीर सेलाएर आउन सके अझ सुनमा सुगन्ध हुन्छ होला ।
त्यतीमात्र होईन नेकपा स्थापनाको ७५ वर्षको अवसरमा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव को नाममा वनेको वाटोमा यात्रा गर्दै गर्दा कम्युनिष्ट घोषणा पत्र , नेकपाको पहिलो पर्चा, नेपाली जनताको कम्युनिष्ट क्रान्ति पछिको समाजवादको सपना, कृषि क्रान्तिको कार्यक्रम, अनी सादा जीवन र उच्च विचारलाई आफ्नो आदर्शको रुपमा स्मरण गर्दै श्रध्देय नेता पुस्पलालको आचरण र व्यवहारवाट सिक्दै अघि वढ्ने शंकल्प गरे झनै राम्रो हुन्थ्यो होला ।
अहिले पनि नेपाली जनताले भरोसा गरेको पार्टी हो, नेकपा एमाले । नेपाली जनताको मनमनमा वस्न सफल पार्टी हो, नेकपा एमाले । आफु सरकारमा पुग्दा थोरवहुत जनतालाई सम्झने गरेको पार्टी हो, नेकपा एमाले । अझै देश र जनताको पक्षमा निर्भिकता पूर्वक अघि वढ्न , स्वार्थ रहित भएर जनताका एजेण्डाहरुका लागी संघर्ष गर्न अनी सम्पूर्ण कमि कमजोरीहरुलाई सच्याएर एउटै लयमा हिडाउन सके सामाजिक परिवर्तनको वेडा हाक्न सक्ने क्षमता भएको पार्टी हो, नेकपा एमाले । यसलाई अझ व्यवस्थित गर्नको लागी पुस्पलाल मार्गको यात्राले सफलता मिलोस-२ ।
( पौडेलको फेसबुक बाट साभार )

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु