Wednesday, April 8, 2026

रौतहट लगाएत मधेशका विभिन्न जिल्ला बाट आजपाका नेता कार्यकर्ता पक्राउ

पछिल्लाे समाचार


रौतहट, ११ माघ । आम जनता पार्टी मधेश बन्दको क्रममा बिहान ११ बजे सम्म रौतहटको विभिन्न स्थानहरुबाट २१ जनालाई नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।
सडकमा टायर बालेर बन्द गराउन खोज्दा जिल्लाको विभिन्न स्थानबाट २१ जना प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।
रौतहटमा यातायात निर्वाध रुपमा संचालनमा रहेको , मधेश बन्दको प्रभाव रौतहटमा डिएसपी गिरीले बताइन ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मधेश प्रदेशको राजधानी जनकपुरमा शान्तिपूर्ण प्रदर्शन एवं बन्द गराउदै हिडेका निर्दोष सयौं कार्यकर्ता एवं नेतालाई नियन्त्रणमा लिएकोमा गम्भीर आपत्ती प्रकट गर्दै नियन्त्रणमा लिएकाहरुलाई विना शर्त रिहा गर्न आग्रह गरे का छन ।
जनकपुरको रामानन्दचौकबाट आजपा उपाध्यक्ष एवं सभासद तिलक थापा, महासचिव उपेन्द्र साह, प्रवक्ता एवं आईटी आर्मीको अध्यक्ष चन्द्रभूषण साहलाई लगायत दर्जनौलाई धनुषा प्रहरी कार्यालयमा राखेको जनाएको छ ।


यस्तै आजपा उपाध्यक्ष रीता देवी साह, उपमहासचिव अरुण घिसिंग, सचिव एवं पुर्वसांसद समीना हुसैन, आईटी आर्मीको उपाध्यक्ष सुमन यादव, प्रदेश सचिव ममता शर्मालाई लगायत सयजनालाई प्रहरी प्रदेश कार्यालयमा र आम महिला मोर्चाको केन्द्रीय अध्यक्ष कुमारी बबिता र इंचार्य सिमल साहलाई प्रहरीद्वारा दुर्व्यवहार सहित गिरफ़्तार गरेको ,प्रदेश अध्यक्ष उमेश कुशवाहा र अध्यक्ष प्रभु साहको स्वकीय सचिव बिजय यादव लगायत दर्जनौलाई बीरगंज जिल्ला प्रहरीमा राखिएको , रौतहट जिल्ला इंन्चार्ज त्रिभुवन साह र आम मुस्लिम मोर्चाको केन्द्रीय अध्यक्ष लालबाबु मंसूरी लगायत दर्जनौ प्रदर्शनकारीलाई रौतहटमा नियन्त्रणमा लिएको आजपाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु