Monday, June 24, 2024

आचार्य श्री राघव उपाध्यायको “हे शारदा” बोलको भजन सार्बजनिक

पछिल्लाे समाचार


रौतहट २६ माघ । भागवत कथाबाचक आचार्य श्री राघव उपाध्याय को नया भजन हे शारदा सार्वजनीक भएको छ ।
दर्जनौ भजनहरु रेकर्ड गराएर श्रोता , दर्शक माझ लोकप्रिय उपाध्याय को पछिल्लो सरस्वती बन्दना भजन सार्वजनिक भएको हो ।


हे शारदा हे शारदा….. बोलको सरस्वती बन्दना भजन श्रोता माझ आएको छ । भजनको क्षेत्रमा नयाँ प्रयास गरिरहेका उपाध्याय ले मौलिक रचनालाई जोड दिदै आएका छन । नजिकदै गरेको श्रीपञ्चमीलाई लक्षित गरि उपाध्यायकै शब्द, संगीत र स्वर मा सरस्वती वन्दना नेपाली भजन हे शारदा ….. बजारमा आएको छ ।
नेपाली भजनको क्षेत्रमा माता सरस्वतीको भजन निकै कम रहेकाले आफुले निक्कै मेहनतका साथ भजन रेकर्ड गरेको उपाध्यायले बताए ।
करिव ६ मिनेट लामो भजनमा उपाध्याय लगाएत स्कुले बालबालिकाहरुले अभिनय गरेका छन ।

भजन पूरा हेर्न र सुन्नका लागि तलको लिङ्कमा थिच्नुहोला । https://youtu.be/_M_yUcyUBBw?si=AwRuSwEfzfwI6Z87

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु