Monday, June 24, 2024

एमाले रौतहटमा सर्वसम्मत नेतृत्व चयनको प्रयास

पछिल्लाे समाचार


रौतहट २६ माघ । नेकपा (एमाले) रौतहटको दशौँ जिल्ला अधिवेशनको बन्द सत्र शनिवार बिहान सम्मका लागि स्थगित भएको छ ।
एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यतामा रौतहटको गरुडामा नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनको बन्द सत्र स्थगित भएको छ ।
नेताहरूले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिरहेको भए पनि सर्वसम्मत नेतृत्व चयन नहुने आकलन गरिएको छ।
नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको बन्द सत्र स्थगित भएको छ।
जिल्ला सदस्यदेखि पदाधिकारीसम्म सर्वसम्मतको प्रयास गरिए पनि सर्वसम्मत हुन नसकेपछि साँझ बन्दसत्र स्थगित गरिएको हो।
कुनै पनि पदमा सर्वसम्मत हुन नसकेपछि बन्दसत्र स्थगित गरिएको हो। आज स्थगित भएको बन्दसत्र भोलि शनिबार बिहान ८ बजेबाट गरुडा स्थित एएन प्लाजा होटलमा पुन सुरु हुने नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिएका छन्।
भोलि शनिबार सर्वसम्मतको प्रयास गरिने र नभएको खण्डमा निर्वाचनद्वारा नेतृत्व चयनको प्रयास गरिने केन्द्रीय सदस्य रेग्मीले बताएका छन्। शनिबार बिहान ८ बजेबाट पुन बन्दसत्र सुरु हुने जनाइएको छ। ने
नेकपा एमाले रौतहटको अध्यक्षको आकांक्षीमा अखिलेश चौधरी, रुपेश पटेल, सचिदानन्द साह रहेको छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु