रौतहट, १३ फागुन । गुजरा नगरपालिका स्थित लाल बकैयाको बाँधबाट चार किलोग्राम लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन ।
गुजरा नगरपालिका वडा नम्वर ४ स्थित लालबकैयाको बाँधमा जिल्ला प्रहरी कार्यालय तथा प्रहरी चौकी हरिनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल यात्रीले बोकेको झोला खानतलासी गर्दा चार किलोग्राम लागुऔषध गाँजा बरामद भएको छ ।
बारा जिल्ला करैयामाई गाउँपालिका वडा नम्वर १ हरैया टोलका ३५ बर्षिय पैदल यात्री हबिब अन्सारीलाई गाँजा सहित इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरको हिरासतमा राखेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्याय रौतहटले जनाएको छ ।


