Friday, June 21, 2024

नगर स्तरीय वडा अध्यक्ष कपमा १ नम्वर वडा बिजयी

पछिल्लाे समाचार


रौतहट १८ फागुन । चन्द्रपुर ४ नम्वर वडा को अयोजनामा नगर स्तरीय वडा अध्यक्ष कप- २०८० को शुक्रवार भएको खेलमा वडा नम्वर १ बिजयी भएको छ ।
यहि फाल्गुन १८ गते देखि २८ गते सम्महुने फुटवल प्रतियोगिताको शुक्रवार उद्घाटन चन्द्रपुरका मेयर संजय काफ्ले ले गरेका छन ।
ट्राई बेकरमा ३ का बिरुद्ध ५ गोल गरेर वडानम्वर १ बिजयी भएको छ । शुक्रवार वडा नम्वर १ र ४ बिच प्रतिस्पर्धा भएको थियो ।
तुल्सिलाल अमात्य स्मृती खेल मैदान ठाडाटोलमा नेपाल खेलकुद क्लव को ब्यवस्थापनमा १८ गते बाट शुरु भएको प्रतियोगितामा चन्द्रपुर नपाका १० वटै वडाका १० टिम सहभागी हुने छन ।
खेलको प्राबिधिक सहयोग रौतहट जिल्ला फुटवल संघ ले गरेको छ । शनिवार वडा नम्वर ५ र ७ बिच खेल हुने आयोजकले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु