Sunday, April 12, 2026

सहमती पछि खुल्यो ताला

पछिल्लाे समाचार

रौतहट, १६ वैशाख । चारदिन अघि नेपाली कांग्रेस नेताहरूले पूर्वाधार विकास कार्यालय गौरमा लगाएको तालाबन्दी सहमतिमा आइतबार खुलेको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको पहलमा जिल्ला प्रशासन कार्यालय रौतहटमा आइतबार बिहान बसेको सर्वपक्षीय बैठकमा ५० लाख भन्दा बढी रकम भएको योजनालाई बोलपत्र मार्फत काम गर्ने लगाएतका सहमती पछि पूर्वाधार विकास कार्यालयको ताला खुलेकोे हो ।
बैठकमा एमाले का केन्द्रीय सदस्य अजय गुप्ता, कांग्रेस जिल्ला सभापति जितेन्द्र यादव र पूर्वाधार कार्यालयका प्रमुख बिनोद कुमार ठाकुर सहित तीन सदस्यीय समिति गठन
गरिएको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति जितेन्द्र यादवको अगुवाइमा गएकाे कांग्रेसका नेता कार्यकर्ताहरूले पूर्वाधार कार्यालयको ताला खोलेको हुन ।
नेकपा एमालेका केन्द्रीय सदस्य अजय गुप्ता, प्रजिअ हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्रका एसपी बिक्रम हुमागाईं, राष्ट्रिय अनुसन्धानका उप निर्देशक अभिनय कुमार सिंहका साथै बिभिन्न राजनीतिक दलका नेताहरू, निर्माण व्यवसायीहरुको उपस्थितिमा उक्त सहमती भएको हो ।
रौतहटका कांग्रेसका नेता कार्यकर्ताहरूले पूर्वाधार कार्यालयमा गत बुधबार भ्रष्टाचारको आरोप लगाउँदै तालाबन्दी गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु