रौतहट २१ चैत ।सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट अबैध सामान बरामद गरि भन्सार बुझाएको छ ।
चैत २० गते राति जिल्ला रौतहट परोहा न.पा.-९ खाँप ईलाकामा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट खटिएको मोबाईल गस्ती टोलीले अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याई दशगजा ईलाका नजिकै लुकाई राखेको अवस्थामा बरामद भएको जनाएको छ ।
अन्दाजी सात लाख बराबरको बिभिन्न किसिमका लत्ताकपडा, औषधी, सुर्तिजन्य पदार्थ र चप्पलहरु बरामद गरी कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटले जनाएको छ ।


