Monday, April 20, 2026

जनज्योती बहुमुखी क्याम्पस लाई किताब सहयोग

पछिल्लाे समाचार


रौतहट २ जेठ / नबिल बैक लिमिटेडले ५० हजार बराबरको किताव जनज्योती बहुमुखी क्याम्पस लाई हस्तान्तरण गरेको छ ।
क्याम्पसमा अध्यन गर्ने छात्रछात्राको शैक्षिक बिकासका लागि सो बैकले किताव हस्तान्तरण गरेको हो । चन्द्रनिगाहपुरमा शाखा कार्यालय रहेको बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत क्याम्पस लाई किताव हस्तान्तरण गरेको बैकका प्रबन्धक दिजेन्द्र राईले बताए ।
उक्त बैक बाट प्राप्त कितावले पठन पाठनमा सहयोग पुग्ने जन ज्योती क्याम्पस प्रशासनले जनाएको छ ।
किताव हस्तान्तरण कार्यक्रममा संचालक समितिका अध्यक्ष सञ्जय कार्की, कोषाध्यक्ष चिरन्जिबी गौतम, भौतिक निर्माण समितिका संयोजक नारायण न्यौपाने, सदस्य तारा सापकोटा, क्याम्पस प्रमुख राजन श्रेष्ठ, सहायक क्याम्पस प्रमुख पुष्पराज महतरा, बिभिन्न संकाय प्रमुखहरु, प्राध्यापक, स्वबियु सभापति संगम श्रेष्ठ लगायत बैक कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु