Friday, June 21, 2024

जेलमा रहेका पुर्वमन्त्री आलमको पक्षमा राजपुरमा बृहत् जनसभा

पछिल्लाे समाचार


रौतहट, १५ जेठ । राजपुरमा नेपाली काँग्रेस क्षेत्रीय समिती द्वारा वृहद जनसभाको आयोजना भएको छ ।
नेपाली काग्रेसका नेता एवं पुर्वमन्त्री मोहम्मद आफताव आलमलाई राजपुर बम बिस्फोट मुद्दामा जन्मकैदको फैसल्ला सुनाए पछि नेपाली काँग्रेसको दुई नम्वर क्षेत्रिय समितिले मंगलवार वृहद जनसभाको आयोजना गरिएको छ ।
नेपाली काँग्रेस का जिल्ला स्तरीय नेताहरुले नेता आलम प्रति समर्थन जनाउदै अदालतको फैसला प्रति असन्तुष्टि प्रकट गरेका छन ।
जन सभामा जिल्लाको उपसभापति रामलोचन, सचिव रामचन्द्र गिरी लगायतका जिल्ला कमिटी सदस्यहरुको साथै रौतहटका नेपाली काँग्रेसका नेता एवं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
जन सभाका प्रमुख अतिथि नेता आलमका छोरा डा. फिर्दोष आलमले नेपाली जनताको लागि समर्पित रहेका हाम्रो परिवार हरेक समयमा निकै संघर्ष गर्दै यहाँ सम्म आएको बताउदै पहिलो संविधान सभाको समयमा भए नभएका घटनाको दोषि ठहर हुने कुनै सामान्य प्रमाण समेत नरहेको अवस्थामा विभिन्न जालझेल गरेर सजाय सुनाउनु न्याय व्यवस्था प्रति सर्वसधारणको विश्वास गुम्दै गएको बताए ।
नेता आलम अहिले नख्खु जेलमा कैदीबन्दी को जिवन यापन गर्न बाध्य रहेको बताउदै, विना प्रमाण जन्मकैदको फैसला दिनुबाट स्पष्ट रुपमा झल्किन्छ की उहाँ विरुद्ध सम्पूर्ण शक्तिहरु एक जुट भएर लागि परेको भन्दै डा. फिर्दोष आलमले आक्रोश व्यक्त गरेका छन।
नेपाली काँग्रेसका सचिव रामचन्द्र गिरीले पूर्वमन्त्री आलम सहितका व्यक्तिलाई विनाप्रमाण मुद्दा चलाएर कारागार चलान गरिएकोमा आम जनतालाई जानकारी दिने र रिहाइका लागि दबाब सिर्जना गर्ने उद्देश्यले वृहद जनसभाको आयोजना गरिएको बताए ।


पूर्वमन्त्री आलम निर्दोष रहेको र बाहिरी योजना अनुसार देशीविदेशी शक्तिको दवावमा कारागारमा राखिएको दाबी गर्दै बिना प्रमाण आलम विरुद्ध गरिएको अन्यायपूर्ण फैसलालाई पुनरविचार गर्नुपर्ने मा सचिव गिरीले जिकिर गरे ।
रामलोचन, शेख वकिल, डा. राजिक आलम, देवचन्द्र झा, हृदयनारायण यादव, रामश्रेष्ठ साह, क्षेत्रिय सभापति रामस्नेही यादव, लगायत नेपाली काँग्रेसका नेताहरुले नेता आलम प्रति एक्युबद्धता जनाउदै अन्यायलाई न्यायलयले पुनरविचार गर्नुपर्ने धारणा राखे ।
क्षेत्रिय सभापति शेख फैजुल्लाहको सभापतिमा सम्पन्न भएको उक्त वृहद जनसभा कार्यक्रमलाई तरुण दलका जिल्लाध्यक्ष एवं केन्द्रीय सदस्य नौसाद आलमले संचालन गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु