Friday, June 21, 2024

प्रतिबन्धित बोइलर कुखुरा बरामद

पछिल्लाे समाचार


रौतहट, ८ जेठ । सीमापारी भारतीय बजारबाट चोर नाका भएर भित्रयाइएका नेपालमा प्रतिबन्धित बोइलर कुखुरा प्रहरीले बरामद गरेर नष्ट गरेकाे छ ।
परोहा नगरपालिका वडा नम्वर ८ स्थित सिमा क्षेत्र भएर भारतीय बजारबाट खरिद गरी मोटरसाइकलमा राखेर नेपालमा भित्रयाइएकाे बोइलर कुखुरा लिएर आउदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि कुखुरा फालेर भागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाे छ ।
बेवारिसे अवस्थामा बरामद गरिएकाे ८० वटा कुखुराको अन्दाजी मूल्य ७५ हजार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माले बताए ।
बोइलर कुखुरालाई स्थानीय भद्रभलादमीको रोहबरमा खाल्डोमा पुरेर नष्ट गरिएको उनले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु